धन सम्पत्ति र पैसा
आखिर के हो यो धन सम्पत्ति
अनि पैसा ? के यिनीहरु एकै हुन् या त फरक फरक चरित्रभएका पात्रहरु? किन आज मानव आफ्नै
अस्थित्व बिर्सिएर धनकै पछाडि दौडिरहेको छ? मानिसलाई धन सम्पत्ति र पैसा कति भए
पुग्छ के यसको कुनै सिमा छैन? धन सम्पत्ति र पैसा के का लागि र कस्का लागि…? धन
सम्पत्ति र पैसा भन्ने वस्तुसंग अपरिच नाता जोडिएका यस्ता हजारौं प्रश्नहरु मेरो
मनमा उब्जिरहन्छन् र उत्तरको खोजिमा भौंतारी रहन्छन्। विद्यालयमा पढदै गर्दा
सहभागि भएको एक वादविवाद प्रतियोगिताको संझना अहिले पनि मेरो स्मर्णमा छचल्की रहन्छ।
कक्षा ९ मा अध्ययन गर्नेवेला मलाई एक जिल्ला स्तरिय वादविवाद प्रतियोगिता "धन
भन्दा विद्या ठूलो यात धन ठूलो" भन्ने शिर्षकमा भागलिने अवसर मिल्यो तब मलाई
सोच्न विवस वनायो। मलाई लाग्यो म कुनै वादविवाद प्रतियोगिताम सहभागि हुन जाँदै छैन
तर वास्तविकताको खोजिमा निस्कदैं छु । पहिलो चोटी धर्तिमा झरे देखि आमासंग जोडिएको
नाल नछिनाल्दैबाट समाजले अर्थ्याएको गरिबीको प्रखालले चेपेर घाइतेभइ छटपटाइरहेको
बिरामी कसरी भन्न सकोस धन ठूलो होइन भनेर।
मानिसका हेरक इच्छाहरु पुरा गर्न पैसाकै आवस्यकता पर्दछ। धेरैको नजरमा
धन सम्पत्ति र पैसा शक्ति हो,अगाडि बढन सघाउने साहास हो, आफुमा भएको क्षमता
देखाउने माध्यम हो, कला हो, नेतृत्व हो अनि सम्पन्नताको सूचक हो। हुनपनि मानिस जन्मदा देखि
जलाउँदा सम्म पैसाकै आवस्यक पर्छ त्यसैले पनि होला सबैलाई पैसाकै महत्व खडकने।
नेपालीमा एक उखान छ "छन् गेडा सबै मेरा छैनन गेडा सबै टेढा"। पैसा
विनाको पुरुष र रुप विनाकी स्त्रीको अस्थित्व देख्दैन यो समाजले। कुन व्यक्ति वा
देशलाई सम्पन्नतामा बाँच्न मन पर्दैन होला र? गरिबिमा पिल्सिएर आवस्यकाताहरुको बलि
चढाएर कसलाई पो पिरोलिन मन पर्छ होला र? आखिर कति धन सम्पत्ति र पैसा भए मानिसको
लागि प्रयाप्त हो त ? मेरो बिचारमा मानिसका आधारभूत आवस्यकताहरु गास,बास,कपास, स्वास्थ्य,शिक्षा जस्ता
कुराहरु पुरा गर्न यदि आर्थिक अभाव खडकँदैन भने त्यसलाई आर्थिक सम्पन्नता मान्नु पदर्छ।
पोषणयुक्त खाना, सुरक्षित आवास, ऋतु अनुसारका शरिर ढोक्ने कपडा, घरपरिवारका
सदस्यहरुको आधारभूत आवस्यकताहरु सम्वोधन गर्न हात कमाउन नपर्ने अवस्था , आफन्त
नातागोता र छरछिमेकमा परेका सुख दुःखमा सहभागी हुँदा खुला हृदयले सहभागी हुन सक्ने
अवस्था,
फुर्सदको समयमा परिवारका सदस्यहरुका साथ सानो तिनो भ्रमण गर्न खुम्चिन नपर्ने अवस्था, विरामी परेको बेला
स्वास्थ्य उपचार र व्यक्तिको सक्षमताक अनुसरको शिक्षा पाउने अधिकार सुनिश्चित गर्न
सक्ने अवस्था छ भने त्यसलाई आर्थिक सम्पन्नता मान्नु पर्दछ।
अव कुरा उठन सक्छ यसको लागि कति पैसा चाहिन्छ, अनि हाम्रो जस्तो देशमा कति नागरिकहरु आफ्ना आधारभूत आवस्यकताहरु पुरा गर्न सक्ने अवस्थामा छन भनेर। साथै यी आवस्यकता पुरा गर्ने जिम्मेवारी कस्को हो ? के ब्यक्ति गरिब हुनुमा उ मात्र दोषी हो या त अरु कारणहरु? के मानिस आर्थिक सम्पन्नता भएर खुसी हुन सक्छ? हुनत मानिसको चाहानाको भाँडो यस्तो भिक्षापात्र हो जुन पुरै ब्रहमाण्डनै खन्याइदिए पनि भरिँदैन। मेरो मावली हजुरआमाले बच्चैकालमा धेरैचोटी सुनाउने गरेको एउटा टुक्का मलाई बारम्बार याद आइरहन्छ 'अल्क्षी तिघ्रो स्वादे जिब्रो '। गरिब भएँ भनेर दुनियालाई दोष दिने, अरुको सफलतामा डाह गर्ने, आफूचाँही सिन्को नभाँच्ने धर्तिका भारहरुको जमात धेरैनै देखिन्छ यहाँ। एउटा यस्तै गरिब व्यक्ति आफ्नो गरिबताको पुराण सुनाउँदै साहाराको भिख माग्दै रहेछ, तव एक बौद्धिक साधुले भनेछन् " ठीक छ तिमी गरिब छौ मैले माने त्यसो भए मलाई तिम्रो एक हात काटेर देउ म तिमीलाई दश लाख दिन्छु हुन्छ? यदि त्यतिले पनि पुग्दैन भने दुबै हात काटेर देउ बीसलाख रुपैयाँ दिन्छु। अझै अपुग हुन्छ भने दुबै खुट्टा पनि काटेर लिन्छु अनि पचास लाख दिन्छु। कति पैसा चाहियो तिमीलाई? यदि थप चाहिन्छ भने दुबै आँखा पनि देउ; म एक करोड दिन्छु। तव त्यो भिखारीले निन्द्राबाट बिउँतेको जस्तै गरेर भनेछ 'हजुर मलाई यसै ठीक छ । मलाई पैसा चाहिएको छैन । आजैबाट म यो माग्ने पेशा छोडेर काम गर्न लाग्छु।' विश्वका एक अरबपति विल गेट्स भन्छन "मानिस गरिव भएर जन्मिनुमा उस्को कुनै दोष होइन तर गरिबिमै मर्नु चाँहि पक्कै उस्कै दोष हो।" मानिसको जन्म भिक्षा मागेर जिउनको लागि होइन। मानिसलाई गरिब बनाउनै अरु कोहि होइन स्वयं उ आफै हो। उस्को आवस्यता पुरा कसैले गरिदिन सक्तैन स्वयं व्यक्तिलेनै गर्नुपर्छ। सन्तोष लिने र चित्त बुझाउने पनि आफैले हो कसैले पुरा गरिदिन र चित्त बुझाइदिन सक्तैन। जसरि अर्काको आँखले हेरेर संसार देखिँदैन, अर्काले खाएको खाना र पानीले भोक र प्यास मेटिंदैन, अर्काले उत्सजर्न गरिदिएर दिशा पिसाव हुँदैन त्यसरिनै हरेक मानिसका चाहानाहरु र आवस्यकताहरु पुरा गर्न स्वयं व्यक्तिनै लाग्नु पर्छ। तर सबै ब्यक्तिमा यस खालको चेतना नहुन सक्छ र गरिबीको शिकार हुन विवस हुन सक्छन्। त्यस्तो अवस्थामा त्यसको अभिभावकत्व राज्यले गरिनु पर्दछ। राज्य कल्याणकारी हुनु पर्दछ । अन्धो राज्य र बहिरो सरकार जनताको अभिभावक हुन सक्तैन।
पहिले पहिले सामन्तहरु र जमिनदारहरुमात्र धनि कहलाउँथे। कस्का गाई कति, कस्का भैसी कति, कस्का छोरा कति, कस्को बारी कति, कस्का भकारीमा कतिमुरी धान, गहुँ, मसुरो यस्तै यस्तै। मुठ्ठिभरका मानिसहरुसंग सिमित थियो अर्थतन्त्र।पैसा कमाउन शोषण र दमन गर्नुपर्थ्यो त्यसैको लागि माक्सवादको जन्म भएको थियो । तर आज त्यसको विपरित भएको छ। माक्शवादी चिन्तन बोक्नेहरु अझैपनि फिताले नापेका जग्गाहरुमा सामन्तवाद देख्ने गर्छन् । पूँजिवाद विरुद्दको नारा घन्काउनेहरु दुईचार कठ्ठा जग्गा जमिन धेरैहुने दुःखी आत्माहरुलाई सामन्त देख्छन्। तर पैत्रिक सम्पतिबाट प्राप्त पैसाले मानिसको क्षमताको मापन गर्दैन नत त्यसमा कुनै खुसी यात आत्मसम्मान। यसरी थुप्रिएको सम्पत्ति अरुलाई ध्वाँस देखाउने र मानिसलाई जन्मदै अपाङ्ग बनाएर हिंडाउने बैशाखी मात्र हो।
अहिलेको विश्वमा पैसा भनेको मानव सक्षमता र क्षमताको मापन हो। मानिस
आफूलाई सक्षम बनाएमा स्वत आर्थिक सक्षमताबाट माथी उठज सफल हुन्छ। आर्थिक
सम्पन्नताबाट माथी उठाउनु भनेको गुरुत्ववल बाट माथी उठाउनु जस्तै हो यसले सकेसम्म
आफुतिर खिचीरहन्छ तल दवाइरहन्छ तर यसको सिमा नाघेर अन्तरिक्षमा पुग्नेहरु
निस्फ्रिक्रीका साथ आफूलाई उडाउन सक्छन्। धनकै धरातलभित्र कुण्ठित ब्यक्तिहरु यसको
रुखो अनुहारसिवाय अरु केहि देख्दैनन्। वास्तविक अनुहार देख्नको लागि विवेकको आवस्यता
प्रदछ। मनिस आफूलाई बिर्षिएर संसारिर सुखको खोजमा भौंतारिन्छ। आफूभित्र बलिरहेको
दियोको प्रकाशलाई पर्दाले छेकेर संसारिक असत्यतामा भौंतारिरन्छ। आफ्नै नाभीमा भएको
कस्तुरिको पहिचान गर्न नसकेर त्यसैको वास्नाले लालायित भएको कस्तुरी मृग जस्तै
मृत्यु प्रयत्न मृगतृष्णामा दौडिरहन्छ। आफुमा भएको कस्तुरीको पहिचान गर्ने
व्यक्तिनै सफल अनि धनि ब्यक्ति कहलाउन सफल हुन्छन् र भएका छन्। सफलता पाउनका लागि
धन होइन आफूलाई र आफूमा भएको प्रतिभा चिन्न सक्नु प्रदछ। किनभने चार्ली च्यापलीन
स्टिभ जब्स देखि लिएर मोजार्ट रकेफेलर गरिबै थिए। अर्काले पालेको स्टिभ जब्स एप्पल
जस्तो ठूलो कम्पनिको मालिक भएर चिनाउन सफल भए। अर्काको ग्यारेजमा काम गर्ने थोमस
महान वैज्ञानिक कहलाए। सम्मान वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटबलर
बने। भिख माग्ने चार्ली चाप्लिन नामी हास्य कलाकार बने। चिया बेच्ने मोदी भारतका
प्रधानमन्त्री बने । मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरुख खान किङ खान
बने। अन्धो हुँदा हुँदै पनि होमर इलियड र ओडेसी जस्ता माहाकाव्य लेखे। कुँजो स्टिफ
हकिङले बल्याक होलको रहस्य पत्ता लगाए। तीन डलर बोकेर विजनेसमा छिरेका एड्यु
कारनेगी धनाढ्य बन्न सके। कुनै बेला तुना चप्पल जाँगे लगाएर हिँडने भैंसी हेर्ने र
दाम्ला बाट्ने गाउँले केटो षडक प्रसाद ओली नेपालको प्रधानमन्त्री हुन सके। संसारका
हरेक सफल व्यक्तिको पर्दा पछाडि नियाल्दा अधिकांस गरिबिबाटै उदायको देखिन्छ।
गरिबिलेनै उनीहरुलाई आफूभित्र तलास गर्ने वातावरण वनायो र आफूलाई चिन्न सक्षम
वनायो। जो ब्यक्ति आफूलाई चिन्न सक्तैन उस्ले कसरि सकोस् अरुकोसामु आफूलाई चिनाउन।
पैसा कमाउनकै लागि जरा फिँजाइरहेका बनमारा झारहरुले पनि पुरै मानव
समाज ढोकेको देखिन्छ यहाँ। चोरी,चाकरी,भ्रष्टचार ठगी,दलाली,दुइनम्बरी देखि लिएर
मानव बेचविखन सम्मका हर्कत गर्नेहरुको जालो भत्काउन पनि त्यतिनै आवस्यकता देखिन्छ।
पुरै वन ढाकेको जस्तो देखिने यस्ता वनमारा र धनमाराहरुलाई चाहानेहो भने बनकै
बनमाराजस्तै सजिलै क्षणभरमै उतार्न सकिन्छ। तर तिनै बनमाराका बीचमा उम्रिएर आफूलाई
फरक देखाउन खोज्ने केहि कुचरित्रहरुको जरा तिनिहरुकै जालोमा अडेस लागेको र तिनैले
तयार पारेको दानापानीले जिउने लिसोजस्तै उनीहरुबाट टाढा राख्दा आफ्नै अस्थित्व
समाप्तभएको देख्नेहरुको छत्रछायाँबाट यस्ता झारहरु मौलाउन उर्जामिलिरहेको कुरा
चाँहि निश्चित हो। हुँदा हुँदा अहिले आएर यिनीहरुको बिउ अलि अलि गर्दै दूरदराजका
हरेक वस्तिहरुमा फिँजिएर एक जटिल रुप लिँदै गरेको आभास हुँदैछ। उर्वराशक्तिलाई
चुसेर वस्तिनै मरुभूमिकरण गराउँदैछन् यिनिहरु।
तर यसको लागि कालो धनको व्यवस्थापन गरिनु पर्दछ। मानिसमा जस्तै पैसामा
हेर्ने दृष्टिकोणहरुमा पनि फरक पन देखिनु पर्दछ। हाम्रो अहिलेको समाजमा आर्थिक
असमानता देखिनुको पछाडि पैसामा भिन्नता नदेख्नु मूख्य कारण हो। जसरि कमाएको भए पनि
सबै पैसालाई एकै नजरले हेर्नु गलत हो। चाहे त्यो मान्छेको रगतले लतपतिएको होस् या
पसिनाले यात भट्टीबाट निस्किएको होस् या टट्टीबाट । किसान गरेर नी पैसै कमाउने हो
अनि बेस्यालयबाट पनि पैसै कमाउने हो। सबै पैसाले समानता पाउनुनै मूख्य समस्या हो।
पैसालाई होईन कामलाई सम्मान गर्नु पर्दछ। जसरी कमाए पनि सबै पैसालाई एउनै नजरले हेर्ने
प्रबृतिमा फरक आउनु पर्दछ। जबसम्म खराब तबरले पैसा कमाउनु भन्दा निर्धनहुन हजारौं
गुना श्रेयस्कर हो भन्ने कुरा स्थापित गर्न सकिँदैन तबसम्म खराब तत्व मौलाई रहन्छ।
त्यसको लागि यस्ता खराब तत्वहरुको गोडमेल त गर्नुनै पर्छ। झारपात नगोडी अथवा उखेलेर
नफ्याँके बिरुवा फस्टाउँनै सक्तैनन् त्यसको हेक्का राख्नुपर्दछ।
धनी हुनलाई
सम्पत्तिको थुप्रो होइन सन्तुष्ट मन चाहिन्छ। जब जिन्दगीमा तृप्ती मिल्छ तब साग
सिस्नु नै चौरासी व्यञ्जन लाग्छ अनि झुपडिनै महल हुन्छ। परिस्थिती आफ्नो अनुकुलमा
भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबुत बनाउन तिर लाग्नु पर्दछ किनभने
संसारको नियतिनै यस्तैछ कि जब हावा चल्छ भरखरमात्र धिप धिप बल्नलागेको झुपडिको
चुलो निभाइदिन्छ तर पहिल्यै सल्किसकेको डढेलोलाई भने झनै उर्जा थप्छ। कुनै धनको
आडम्बरले मातेको मान्छेले गरेको दमनलाई लिएर अत्तालिनु पर्ने पनि कुनै कारण
देखिँदैन किनभने हावाले भोरिएको बेलुन र धनको घमण्डले भरिएको मानिस उस्तै हुन्
जस्लाई कसैले फुटाउनै पर्दैन आफै फुटछन्। त्यसैले धनका घमण्डीहरुलाई हेरेर आफ्नो
अमूल्य समय वर्वाद गर्नु व्यर्थ हो नत उनीहरुको चिन्ता गर्नुनै ठीक हो। जीवनमा
गरेका केहि प्रयासहरुमा असफलता भयो भनेर हारखानेहरु पनि सपलताको भागेदार हुन
सक्तैनन्। असफलता झेल्ने आँट नभएकाहरु सफलताका हकदार कहिल्यै हुनै सक्दैनन्। समय
अनुसार आफूले यात्रा गर्दै गरेको बाटोमा हेरफेर गरिनुपर्ने पनि हुनसक्छ। यदि बाटो
बदल्नै परे बदल्न तयार हुनपर्दछ तर लक्ष होइन जसरी एक रुखले संधै पात बदल्छ जरा
होइन। कसैको साथ पाइएन भनेर रुनुको पनि कुनै अर्थ छैन। मानिसहरु तबमात्र हातसमाउन
थाल्छन जब उनीहरु थाहापाउँछन् कुनै व्यक्ति एक्लै पनि अगाडि बढ्न सक्छ भनेर। शिंह
एक्लै भएपनि आफूलाई राजाकै दर्जामा राख्छ। नत मूलबाट निस्किएको पानीले कहिल्यै
सागरको दुरी सोध्छ। कसैको साथखोज्न सागर कहिल्यै दौडिदैन बरु संसार आफैआएर मिसिएर
सागरलाई झनै विसाल बनाउँछ। सागरलाई न त कुनै मिसिनुले प्रभाव प्रर्दछ न त
छुट्टिनुले।
पैसा हार्म्रो
जीवनको लागि हो। धन सम्पत्ती पैसा मानव जीवनमा आवस्यक पर्ने लाखौं कुरा मध्य
केहिकुरा मात्रहुन्। लाखौं कुरा छोडेर एक्काको घोडा जस्तै यिनकै पछाडि दौडंदा अन्य
महत्पूर्ण कुराहरु ओझेल पर्न सक्छन्। धन
पैसाले हामीलाई दास बनाई रहेको छ तर पैसालाई हामीले दास बनाउन सक्नु पर्छ। जीवनको
लागि पैसा कमाउने होइन कि पैसाको लागि नै जीवन समर्पण गर्नु वुद्धिमानी हुन्छ ।हाम्रो
समाजमा भएका केहि धनका रोगीहरुको अवस्था जाँच गर्दा मैले धेरैनै नाजुक अवस्थाहरु
भेट्टाएको जस्तो ला विद्यालयमा तिर्ने पैसा प्रसस्त छ तर आफ्नो
नानीबाबुहरुलाई आज के गर्यौ भनेर सोधने फुर्सद छैन। सुन चाँदिले र आबरणले ढाक्ने
बस्त्रहरु छन् तर साथ छैन भने त्यो सम्पत्तिको के काम। एक मिनेट पनि समय आफ्नो
परिवार छोराछोरीलाई ननिकालेर पैसाकै पछाडि दौडनेहरु अझ भन्दैछन् यो सब छोराछोरीको
लागि हो भनेर ।
लोक राज न्यौपाने

0 Comments