"सबै चराहरु वर्षाको समयमा आश्रय खोज्छन् तर चिल बादल भन्दा माथि उडेर बर्षातबाट आफूलाई बचाउँछ अनि संसार नियाल्दै रमाउँछ।"
ए पि जे अब्दुल कलाम जस्लाई एक अब्वल शिक्षक र प्रसिद्ध वैज्ञानिकको रुपमा स्मरण गरिन्छ उनका यस्तै महान बाणीहरु धेरैका लागि प्रेणादायक छन्। मानिसलाई चिल बनेर उडाउने त्यस्तो क्षमता के हुनसक्छ जस्ले ब्यक्तिलाई अरु भन्दा फरक तरिकाले पहिचान गराउन सकोस् अनि अरुभन्दा माथी उठाएर संसार नियाल्ने क्षमता विकास गराउन सकोस्। त्यो अदभूत शक्ति उजागर गराउने तेस्रो आँखा हो शिक्षा।आत्मा जागृत गराएर भित्री तथा बाहिरी नजरको दृष्टी प्रदान गरि संसारलाई प्रकाश दिने शक्ति हो शिक्षा। ब्यक्तिमा भएको अलौकिक क्षमताको उजागर गराएर वास्तविक मानव जीवनको जन्म दिने जन्म दाता हो शिक्षा। मानव भएर जिउने जीवन दर्शन सिकाएर ब्यक्तिलाई कर्तव्य पालक बनाउने कर्मदाता हो शिक्षा। शिक्षानै त्यस्तो शक्तिहो जस्ले जागृत ब्यक्तिलाई आफ्ना पखेटा फिँजाएर खुला आकासमा संसार नियाल्ने अबसर दिलाउँछ। ब्यक्तिको ब्यक्तित्वमा निखारता ल्याउँदै देश विकासका लागि आवस्यक पूर्वाधारहरुको जगेर्ना गर्ने काम हो शिक्षाको। हजारौं सभ्य, सचेत र स्वस्थ व्यक्तिहरुको जन्म दिएर राष्ट्र विकासको दरिला खम्बा तयार गर्नेकाम हो शिक्षाको।
तर हाम्रो परिवेसमा शिक्षालाई धेरैनै सस्तो र मूल्यहिन रुपमा हेरिँदै गएको अनुभूति हुँदैछ आज भोलि। कुनै कागजी खोस्रो संग ब्यक्तिको योग्यतालाई कुण्ठित गरेर महासागरलाई कटौराको पानीमा सिमित गरिएको महशुस हुँदैछ। कुनै कितावका पानामा रङ्गाएका अक्षरहरुलाई स्मरण गर्न सक्ने मेशिनरी कलाकै आधारमा ब्यक्तिलाई लगाइने सक्षमता र असक्षमताको बिल्लाले शिक्षा भन्ने शब्द माथीनै प्रश्न चिन्ह खडा हुँदैछ। लाग्छ शिक्षा भन्ने शब्द अब आफ्नो पहिचान गुमाएर नपुंसक बन्दैछ। ब्यक्तिको शिक्षाप्रति हेरिने दृष्टिकोण यति साँघुरो हुँदैछकी सायद अब उनीहरुको आफ्नो वास्तविक आँखा सधाको लागि बन्द भैसक्यो। भिराइएको नक्कली चस्माले उनीहरुले गर्ने नजर अन्दाज कति सम्म मुर्ख देखिन लाग्यो की कहिलेकाँही त उदेक लागेर आउँछ। एक जना शिक्षा क्षेत्रमै नेर्तुत्व गरेका आफूलाई शिक्षित भनेर चिनाउन पछि (नपर्ने मेरो नजरमा अनपढ) तर हाम्रो देशको शिक्षा हाँसिल गराउने प्रक्रिर्यामा नेर्तुत्व दिन योग्य ठहराएका ब्यक्तिले मनतब्यकै क्रममा भन्नुभएको थियो आयोग पास गरेका ब्यक्ति Skill हुन तर अरु सबै kill हुन भनेर। उहाँले बोलेको यो बाक्यलाई म सम्मान गर्छु किनभने यो उहाँले बुझेको र यो समाजले पाएको वास्तविक शिक्षाको हैसियतको उजागर हो भनेर ।
नेपालको शैक्षिक इतिहासलाई केलाउँदा अहिले सम्म शिक्षाक्षेत्र कहिल्यै राज्यको नजरमा अग्रपंती मा पर्न सकेन। विभिन्न राजनितिक दाउपेजको शिकार बनेको नेपालको शिक्षा कसैको स्वार्थ पुर्तीको माध्ययमनै बनिनै रह्यो। नेपालको मौलिक माटो सुहाँउदो शिक्षा भन्दा अरुको देखासिकी गरेरै शिक्षा दिने चलनले प्रसय पायो। राणा प्रधानमन्त्री जंग बहादुर राणाले आफ्नो वेलायत यात्राको क्रममा त्यहाँको शिक्षाबाट प्रभावित भएर नेपालमा भित्राइएको नक्कलधारी शिक्षाले आज सम्म जरा गाडेरै घरबास बसाउन सफल देखिन्छ। नेपाली मौलिकता, देश , संस्कृति, व्यक्ति र समाजको आवस्यकताका आधारमा शिक्षा प्रदान गरिनुको सट्टा कुनै तेस्रो पक्षको स्वार्थ पूर्तिको लागि उनीहरुकै इसरामा उनीहरुलेनै दिएको दुईचार गास कलोको आधारमा शिक्षालाई लङ्गडो बनाएर बैशाखी झुन्डाउने काम गरियो। जस्ले गर्दा नेपालको शिक्षा प्रणालीबाट उत्पादित स्रोत खाडी लगाएत विश्वका हरेक देशमा त्यहाँका मानिसहरुले गर्न नरुचाएको ठाउँमा बिक्री हुन बाध्य पारियो। बजार विनाको कच्चा पदार्थ उत्पादन गर्ने थलो बने नेपालका शिक्षा प्रदायक निकायहरु। बाउबाजेले कमाएको सबै पैसा र आफ्नो जीवनको उर्जाप्रजनक जवानी कलेजको शिक्षामा तिलाञ्जली दिएर अन्तत बचेको केहि बर्षको जवानी र बाउबाजेले बचाइदिएको दुईचार रोपनी जग्गा पनि साहु भनम या ठेकेदारकोमा बन्धक राखेर खाडीको चर्को घाममा जीवनआहुती दिन विवस हुँदैछन् नेपाली युवाहरु।
प्रसंगले अर्को अर्थ नलागोस; मैले माध्यमिक तहमा अध्ययन गर्दैगर्दा एक जना नेपाली पढाउने शिक्षकले भनेको कुरा संधै मेरो मानसपटलमा भौंतारी रहन्छः केहि दशक अगाडिको कुरा हो जव नेपालको पूर्वी पाहाडी जिल्लाहरुमा कुनै सामान्य ब्यक्तिको घरको छानो पाताले छाएको देखियो भने धेरैको अनुमान हुन्थ्यो रे त्यस घरको छोरी चेली बम्बैमा बेचिएको हुनुपर्छ भनेर। परिवेस फरक थियो त्यतिखेर। घरका आफन्तहरुलाई ललाई -फकाई वा पैसाको प्रलोभनमा पारेर त्यस्ता ठाउँहरुमा पुर्र्याईन्थे नेपाली चेलीहरुलाई। अहिले समय बदलिएको छ अनि बदलिएको छ प्रक्रिर्या र स्वरुप ।अहिले यसको सिमाना खुम्चिएको होइन झनै झ्याँङ्गिएको छ र अझै व्यापक बनेको छ। अप्रतक्ष माध्ययमबाट देशका युवायुवतीहरु विश्वका अधिकांस देशहरुमा बिक्री भएका छन्। कुनै बस्तीहरु अछुतो छैनन यस्ता देशहरुमा आफ्ना सन्तानहरुलाई नचढाउनेहरु। उत्पादनसिल जनशक्तिलाई कौडीको मोलमा बेचेर पाएको सिमित रकमले हनिमुन मनाउँदै छन् तल देखि माथि सम्मका अंशियारहरु।
कुनै देशलाई बर्वादी गराउन कुनै आणविक शस्त्र अस्त्र उठाउनु पर्दैन मात्र त्यहाँको शिक्षलाई धोस्त बनाए पछि त्यो देश आफसे आफ सखाप हुन्छ भन्ने भनाई एक पटक स्मरण गर्न मन लाग्यो। लाग्दैछ कसैले हाम्रो देशको शिक्षाक्षेत्र तहस नहस बनाएर देशको शिक्षा क्षेत्रमा भएको बलत्कारलाई रोमाञ्चक खेल मान्दै मदिराको तालमा सुरा सुन्दरी साथ पर्दा पछाडिबाट रमिता हेर्दैछ भनेर । दुईचार सुर्की तिनैको गओँत छम्केर आफूलाई पवित्र बनाउने हाम्रा देशका केहि जजमानहरु आसै आसामा उनकै गुप्ताङ्ग मुसार्दै देखिन्छन्।
शिक्षा क्षेत्र ध्योस्त हुँदैछ भन्नुको कारण माथि उल्लेखित केहि प्रमाणहरु मार्फत झल्को दिन खोजिएको मात्र हो। नेापाली दाजुभाइ दिदीबहिनीहरु आफ्नो संस्कार र संस्कृतिलाई भुल्दै आफ्नो अस्तित्वको बलि चढाएर अर्कैको इसरामा जोक्कर बनाउने काम आयातित शिक्षा प्रणालिले बनाउँदैछ। शिक्षा क्षेत्रमा गरिने विभेद, शिक्षक नियुक्ति प्रक्रिर्या, विभिन्न प्रकारका शिक्षकहरु, विद्यालयमा गरिने नाङ्गो राजनीतिक हस्तक्षेप, योग्यता भन्दा चाकरीको आधारमा गरिने ब्यक्ति तथा संस्थाको मूल्याङ्कन, व्यवहारत परीक्षामुखी शिक्षा प्रणाली, परम्परागत मुखियावादी सोच, नातावाद कृपावाद र घुसखोरीवादको हाली मुहाली, शिक्षा प्राप्तिमा विभेद, शिक्षामा ब्यापार लगाएतका कुराहरु शिक्षामा देखिएका गम्भिर चुनौतीहरु हुन्। यिनीहरु भन्दा थप गम्भिर र जटिल बिषय भनेको राज्यले शिक्षालाई आत्मसाथ नगर्नुनै हो।
देशको शिक्षा क्षेत्रलाई सुधारकालागि गरिनुपर्ने धेरैनै कुराहरु आवस्यक हुन सक्छन । म जस्तो कुनै एक दुर्गम गाउँमा कुनै पनि हैसियतको पहुँच नभएको ब्यक्तिलाई यो राज्यका कुनै निकाएले सुन्छ भन्ने त मलाई लाग्दैन तर आफ्नो खुपीले भ्यायसम्म विश्व जगतको शिक्षा प्रणाली र त्यहाँ गरिएका अभ्यासहरुलाई केलाउँदा नेपालको शिक्षा क्षेत्रलाई सुधार गर्नको लागि विभिन्न कदमहरु चालिनु पर्दछ जस्तो मलाई लाग्छ।
- शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप पूर्ण रुपमा बन्द गरिनु पर्दछ।
- विद्यालय व्यवस्थापन समिति खारेज गरिनु पर्दछ र त्यस क्षेत्रमा शिक्षाक्षेत्रमा लामो अनुभव प्राप्त, वास्तविक समाजसेवाको वैराज्ञता जागेका समाजसेवी, गैर राजनीतिक ब्यक्तिहरुको निरिक्षण समिति मार्फत अनुगमन र निरिक्षण गरिनु पर्दछ।
- योग्य ,बहुप्रतिभासाली माथिल्लो श्रेणीका ब्यक्तिहरुलाई मात्र शिक्षक नियुक्ति गरिनु पर्दछ। कहिँ नपाए शिक्षक हुने हेपाह प्रवृतिको अन्त हुनुपर्दछ।
- कर्मचारीतन्त्रको कमाउधन्दा घोक शिक्षा खालको आयोगलाई दागबत्ति दिनुपर्छ।
- पाँच पाँच बर्षमा हरेक शिक्षकको शिक्षण कौशलको निष्पक्ष परिक्षण गरिनु पर्दछ। अधिकांस शिक्षकहरुको स्थायी प्रक्रियापूरा हुना साथ अध्ययन र अध्यापन दुबै पाटोको अवसान हुने देखिएकोले त्यसको निश्पक्ष निग्रानी गरिनु पर्दछ।
- एकै प्रकारका शिक्षकहरु बनाएर शिक्षकहररुमा एकरुपता कायम गरिनु पर्दछ।
- उच्च नैतिक चरित्र भएका ब्यक्तिहरुलाई मात्र शिक्षा क्षेत्रमा प्रवेस गराइनु पर्दछ।
- हरेक पाँचपाँच बर्षमा अनिवार्य सरुवाको ब्यवस्था गरिनु पर्दछ।शिक्षकलाई घर पाएक जागिर बनाइनु हुँदैन ।
- आकर्षक सेवा सुविधा र प्रोत्साहनका साथ शिक्षण पेशालाई अन्य पेशा भन्दा सम्मानजनक बनाइनु पर्दछ।
- शिक्षकको मुल्याङ्कनमा कर्मचारीतन्त्रको हालीमुहाली अन्त्य गरिनु पर्दछ।
- शिक्षा केन्द्र सरकारको नियत्रण र स्थानीय सरकारको निगरानीमा हुनुपर्दछ।
- बाल कक्षामा अध्यापन गराउने सहजकर्ता सबैभन्दा कम योग्यता भएको हुने र कक्षा अनुसार श्रेणी र सुबिधा बढदै जाने प्रवृतिको अन्त गरि यसको बिपरित योग्यता पुरा भए पश्चात विश्वविद्यालय र त्यस पछि अनुभव र सीप विकास हुँदै जाँदा तल्लो तहमा बढुवाहुने व्यवस्था गरिनु पर्दछ। यानेकी बालशिक्षामा पढाउनको लागि सबैभन्दा योग्य र विश्वविद्यालय तहमा अध्यापन गराउने भन्दा कम्तिमा पनि दोब्बर सेवा सुविधा उपलब्ध गराइनु पर्दछ।
- शिक्षा प्रप्तीमा विभेद अन्त हुनु पर्दछ।
- सबैभन्दा महत्वपूर्ण कुरा शिक्षा र स्वास्थ्यको स्वामित्व पूर्ण रुपमा राज्यले लिनु पर्दछ र देशलाई आवस्यक र विश्व बजारमा अब्बल ठहरिने जागृत र मानव भएर जागेका नागरिक तयार गर्ने खालको शिक्षा प्रप्तिको व्यवस्था गरिनु पर्दछ। रटुवा मेशिनको काम कम्प्युटरले गर्छ मान्छेमा लादन आवस्यकता छैन।
- अन्तत बरु खानाको लागि कचौरा थापेर भिख मागे पनि शिक्षामा पूर्ण रुपमा राज्यको दायित्व हुनुपर्दछ। लोक राज न्यौपाने

0 Comments